लागू पदार्थ दुर्व्यसन न्यूनीकरण अन्तरक्रिया सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, भदौ ४ ।
लागू पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम दिपायल सिलगढी नगरपालिका–६ मा सम्पन्न भएको छ। वडाध्यक्ष नरेश मलासीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा “समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद” भन्ने मूल नाराका साथ छलफल गरिएको थियो।

कार्यक्रम संकल्प पैरवी समूह डोटीको आयोजनामा तथा दलित महिला संघ (फेडो) को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा OCMC प्रमुख जानकी सिंह, फेडो जिल्ला अध्यक्ष सरिता दियाली, वडा सदस्य चन्द्रा नेपाली, र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायक निरीक्षक क्षेत्र बहादुर चन्दले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रमको सहजीकरण संकल्प पैरवी समूहकी सहजकर्ता मन्जु नेपालीले गरेकी थिइन्। अन्तरक्रियामा विभिन्न टोलका महिलाहरुले लागूपदार्थ प्रयोग गर्ने प्रवृत्ति युवामाझ बढ्दै गएको भन्दै सुरुवातमै परिवार र प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्ने सुझाव दिएका थिए।

जिल्ला वन डोटी

प्रहरी नायक निरीक्षक चन्दले कुलतमा फसेका युवाहरुलाई सुधार गर्ने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै कानुनी प्रावधानबारे जानकारी गराएका थिए। उनले अभिभावकहरू सचेत हुनुपर्नेमा जोड दिँदै लागू पदार्थ सेवन गर्ने बानी आपराधिक गतिविधिसँग प्रत्यक्ष सम्बन्धित हुने बताए।

त्यस्तै OCMC प्रमुख जानकी सिंहले आपतकालीन अवस्थामा नजिकैको OCMC सेवाको उपयोग गर्न सकिने जानकारी दिँदै घरमा घरेलु हिंसा वा दुर्व्यवहार हुने अवस्था देखिएमा संस्थामार्फत कानुनी प्रक्रिया अघि बढाउन सकिने बताइन्।

वडा अध्यक्ष मलासीले युवालाई कुलतबाट जोगाउन विद्यालय स्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी हुने धारणा राख्दै समाजका विभिन्न संघसंस्थाले बृहत जनचेतना अभियान सञ्चालन गर्नु अपरिहार्य भएको बताए।

सहभागीहरूले लागू पदार्थ सेवनका कारण अपराधदर बढ्ने खतरा रहेको उल्लेख गर्दै प्रहरी, समाज तथा परिवारको संयुक्त पहलबाट मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने निष्कर्ष निकालेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.