जोरायल अध्यक्ष ओझाद्वारा मानसिक समस्यामा परेका युवक उद्धार

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले लागुपदार्थको दुर्व्यसनी संगै मानसिक समस्या भएका एक युवालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा भर्ना गरेका छन्।

जिल्ला वन डोटी

जोरायल गाउँपालिका वडा नं. ३ लस्कर निवासी जुठे भनेर चिनिने डम्मर खड्कालाई हिजो शुक्रबार उद्धार गरिएको हो। उनलाई धनगढी उपमहानगरपालिका ३ बोराडाँडी, कैलालीमा रहेको रिचमण्ड फेलोसिप नामक पुनर्स्थापना संस्थामा भर्ना गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो।

वि.सं. २०४६ मा जन्मिएका डम्मर करिब डेढ दशकदेखि गाँजाको लतमा रहेका छन् र मानसिक रूपमा पनि समस्या रहेको काका छोराभाइ नाता पर्ने दिपक खड्काले बताएका छन्। शुरुमा स्थानीय मेलामा भएको सामान्य झगडाले उनलाई मानसिक असर पुर्‍याएको र त्यसपछि गाँजाको लत बढेको दिपकले जानकारी दिनुभयो।

रिचमण्ड फेलोसिपका कार्यक्रम संयोजक राम बहादुर रजकले भने, “उहाँको स्वास्थ्य अवस्था जाँच्दा लागुपदार्थबाट पूर्ण छुटकारा पाउन केही समय लाग्ने देखिन्छ। नियमित औषधी सेवन गराउँदै र लागु पदार्थको सेवन रोकिएपछि मानसिक स्वास्थ्य सुधार हुने देखिन्छ।” उनले गाँजा सेवनका कारण देखिने यस खालको मानसिक अवस्थालाई Cannabis Induced Psychosis भनिने कार्यक्रम अनुसार उपचार गरिने जानकारी दिनुभयो।
स्रोत :- नजर अनलाइन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.