स्थानीय तह मूल्याङ्कनको नतिजा सार्वजनिक,जोरायल गाउँपालिका डोटीमा पहिलो

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । स्थानीय तहहरूको कार्यसम्पादन क्षमता, शासकीय पद्धति, विकास व्यवस्थापन र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को आर्थिक वर्ष २०८०/८१ को परिणाम अन्तिम रूपमा सार्वजनिक गरिएको छ।

यस स्वमूल्याङ्कनले स्थानीय तहहरूको कार्यप्रक्रिया र उपलब्धिको व्यवस्थित लेखाजोखा गर्ने, सुधार आवश्यक क्षेत्र पहिचान गर्ने, आवधिक समीक्षा गर्ने र आपसी प्रतिस्पर्धा सृजना गर्ने उद्देश्य राखेको छ। यसमार्फत स्थानीय सरकारलाई जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

जिल्ला वन डोटी

राष्ट्रिय स्तरमा नगरपालिका र गाउँपालिकामा क्रमशः शीर्ष स्थान हासिल गर्ने पालिकाहरूमा नीलकण्ठ नगरपालिका, धादिङ; खैरहनी नगरपालिका, चितवन; तिलोत्तमा नगरपालिका, रुपन्देही; बेनीघाट रोराङ गाउँपालिका, धादिङ; रुरुक्षेत्र गाउँपालिका, गुल्मी; अर्जुनचौपारी गाउँपालिका, स्याङजा रहेका छन्।

डोटी जिल्लाका ९ स्थानीय तहमध्ये जोरायल गाउँपालिकाले ८२.२५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यससँगै जोरायल गाउँपालिका सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ८औं स्थान र सुदूरपश्चिमका ५४ गाउँपालिकामध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ।

यस नतिजाले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा स्थानीय तहको सेवा प्रवाह, योजना कार्यान्वयन, जनउत्तरदायित्व, सुशासन र आर्थिक व्यवस्थापनको अवस्था स्पष्ट पारेको छ। उत्कृष्ट नतिजा हासिल गर्ने पालिकाहरूले आफ्नो कार्यशैली अझ मजबुत बनाउन सक्ने छन् भने अपेक्षित स्तरमा नपुगेका पालिकाहरूले सुधारका रणनीति निर्माण गर्ने अवसर पाउनेछन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.