नवनियुक्त आइजीपी खापुङद्वारा आइजीपी थापासहित एआइजीद्वय गिरी र तामाङको बिदाइ

पुन्ना तालिम केन्द्र

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले सेवा निवृत्त भएका आइजीपी दीपक थापा र एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङको बिदाइ गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरूलाई बिदाइ गरिएको हो।

नवनियुक्त आइजीपी खापुङले वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको र नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको बताए। सेवा निवृत्तपछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उनले व्यक्त गरे। संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिबद्धता आइजीपी खापुङले गरेका थिए।

जिल्ला वन डोटी

३० वर्ष सेवा अवधि पूरा गरेका आइजीपी थापा तथा एआइजीद्वय गिरी र तामाङ आजदेखि सेवा निवृत्त भएका हुन्। आइजीपी थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए। कानुनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवं प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उनको भनाइ छ।

संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धीकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधार मार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको उनले बताए। उनले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनी साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गरेका थिए।

आइजीपी थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवं प्रहरी संगठनमा हालः सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आइजीपी खापुङलाई हस्तान्तरण गरेका थिए। त्यस्तै नवनियुक्त आइजीपी खापुङले सेवा निवृत्त भएका आइजीपी थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए।

त्यस्तै सेवा निवृत्त भएका एआइजीद्वय गिरी र तामाङले आ-आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव साटेका थिए। उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूको उपस्थित रहेको थियो।
साभार :- annapurnapost.com

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.