सायलमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी अन्तरक्रिया सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, – सायल गाउँपालिकाको आयोजनामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास लागत संकलन कार्यसम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि समस्या समाधान आयोग, डोटी जिल्ला अध्यक्ष डम्बर बहादुर ओलीले डोटीका सबै स्थानीय तहहरूले लक्षित वर्गलाई समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, आयोगले पालिकासँगको सहकार्यमा डोटीका सबै स्थानीय तहमा पालिका स्तरका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ।

जिल्ला वन डोटी

भूमि समस्या समाधान आयोग जिल्ला समिति, डोटीका सदस्य–सचिव एवं नापी कार्यालय प्रमुख केशव चौलागाईका अनुसार जिल्लाभर ४ हजार १ सय ४३ जनाले लागत संकलन गरेका छन्। यसमध्ये ६ सय ८३ भूमिहीन दलित, ४ सय ४० भूमिहीन सुकुम्बासी र ३ हजार २० अव्यवस्थित बसोबासी रहेका छन्। उहाँले असोज ३ गतेभित्र सम्पूर्ण डाटा संकलन कार्य पूरा गर्नुपर्ने भएकाले लक्षित वर्गले मौकाको फाइदा लिनुपर्नेमा जोड दिनुभयो।

सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओलीले सूचना प्रभावकारी रूपमा टोलटोलमा पुर्याउन वडाध्यक्ष, वडा सचिवदेखि सम्पूर्ण गाउँपालिकालाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। कार्यक्रम समापन गर्दै उहाँले आजैदेखि सूचना प्रवाह गर्न थालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सायल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोख्रेल, वडा नं. २ का अध्यक्ष मान बहादुर सिंह, वडा नं. ४ का अध्यक्ष जगत बहादुर सिंह, वडा नं. ५ का अध्यक्ष बहादुर साउद, वडा सचिवहरू तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण रविन्द्र जोशीले गर्नुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.