धनगढीमा भदौ ८ गतेबाट “९औं सुदूरपश्चिम गौरा महोत्सव” हुने

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र देउडा प्रतिष्ठानको संयुक्त आयोजनामा गौरा महोत्सव हुने भएको छ । यही भदौ ८ ,९ र १० गते धनगढी उपमहानगरपालिका १ मा रहेको खुला मंचमा ९ औँ गौरा महोत्सव आयोजना हुने आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  महोत्सवमा गौराको महत्त्व झल्किने बिभिन्न धार्मिक परम्परागत झाँकी प्रदशनी संगै बालप्रतिभाको खोजि गरिने उदेश्यले आयोजना गर्न लागेको देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले जानकारी दिए।

हरेक बर्ष गौराको महत्त्व झल्काउने उदेश्यले आयोजना गरिने गौरा महोत्सवमा यस पटक उल्लासमय र फरक तरिकाले आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर टि एन जोशीले बताए । यस पटकको गौरा महोत्सवमा विद्यार्थीहरुमा पनि देउडा तथा गौराको महत्वको विकास गराउन विद्यालय स्तरीय डेउडा प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।उक्त विद्यालय स्तरीय देउडा प्रतियोगितामा प्रथम हुने समुहलाइ ११ हजर १ सय ११ , द्वितीय हुने समुहलाइ ७ हजर ७ सय ७७ , तृतीय हुने समुहलाइ ५ हजार ५ सय ५५ र सान्त्वना हुने समुहलाइ ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदन गरिने देउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवस चन्दले बताए ।साथै महोत्सवमा सुदूरपश्चिममा लोकवाजा सहित देउडा कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.