दिपायल सिलगढीका विद्यालयमा करेसाबारी, दिवा खाजा र संरचना निर्माण तीव्रगतिमा

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

 

डोटी ।मोफा जापानको आर्थिक सहयोग, गुडनेवर्स ईन्टरनेशनल नेपालको साझेदारीमा सम विकास केन्द्र (ईडीसी) नेपालले दिपायल सिलगढी नगरपालिकाका चार विद्यालयमा करेसाबारी, दिवा खाजा तथा भौतिक संरचना निर्माणसम्बन्धी परियोजना सञ्चालन गरिरहेको छ।

यस अन्तर्गत वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयमा किचेन गार्डेन, दिवा खाजा भवन, छात्रा मैत्री शौचालय, भान्सा घर, वेष्टकिट, खानेपानी र सरसफाइका योजनाहरु तीव्र गतिमा अगाडि बढाइएका छन्। हाल विद्यालयमा दुईवटा शौचालय निर्माण कार्य भइरहेको छ भने, अन्य संरचनाहरु पनि कार्यान्वयनको चरणमा छन्।

जिल्ला वन डोटी

बालबालिकाको स्वास्थ्य जाँच कार्यक्रम पनि आज बिहानैदेखि सञ्चालन भएको छ। यस क्रममा विद्यार्थीहरुको उचाइ, तौल तथा आँखाको परीक्षण गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का स्वास्थ्यकर्मी एवं अहेब विष्णु बोहराले जानकारी दिनुभयो।

दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मत घलेका अनुसार, संस्थाले गरेका यी सहयोगले विद्यालय वातावरणलाई विद्यार्थीमैत्री बनाउन थप योगदान पुर्‍याएको छ। उनले अभिभावक र बालबालिकामा समेत सकारात्मक उर्जा थपिएको बताए।

यस्तै, वडा नं. ७ स्थित श्री अरुणोदय आधारभूत विद्यालयले निर्माण गरेको किचेन गार्डेनबाट उत्पादन भएका तरकारी विद्यार्थीहरुलाई दिवा खाजाका रुपमा खुवाउन थालिएको छ। साथै, सुनादेवी र दिल्पेश्वर माध्यमिक विद्यालयमा समेत आवश्यक संरचना निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेको र निकट भविष्यमा त्यहाँका विद्यार्थीलाई समेत करेसाबारीबाट उत्पादित तरकारी खुवाउन सुरु गरिने परियोजनाका अधिकृत पदम मिजारले जानकारी दिनुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.