
डोटी । राष्ट्रिय संविधान दिवस २०८२ को अवसरमा डोटीको जिल्ला अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम २०८२ असोज ४ गते दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा जिल्ला वन कार्यालय डोटी र भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीको संयुक्त आयोजनामा भएको हो। जिल्ला वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, विशिष्ट अतिथि अस्पताल प्रमुख में.सु. डा. सुजित मण्डल तथा प्रहरी इन्सपेक्टर रमेशचन्द्र जोशी लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था, गैरसरकारी संस्था, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासहित करिब ७० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न प्रजातिका ११५ बिरुवा रोपिएका छन्।
कार्यक्रमअन्तर्गत अम्बाको ३०, लिचीका ३०, लप्सीका २० र धुपी सल्लाका ३५ बिरुवा गरी जम्मा ११५ बिरुवाहरू जिल्ला अस्पतालको परिसरभित्र रोपिएको आयोजकले जनाएका छन्।



