Hope For Children संस्थाद्वारा राष्ट्रिय लोक संस्कृति प्रतिष्ठानलाई वाद्यवादन सामग्री हस्तान्तरण

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

हेमन्त जोशी 
कैलाली । Hope For Children (HFC) संस्थाले राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल, अत्तरीयालाई विभिन्न वाद्यवादन सामग्री हस्तान्तरण गरेको छ।

जिल्ला वन डोटी

संस्थाका अध्यक्ष रामबहादुर माझी नेतृत्वको टोलीले मादल, हारमोनियम, मुजुरा लगायतका वाद्यवादन सामग्री एक विशेष कार्यक्रममा हस्तान्तरण गरेको हो। अध्यक्ष माझीले प्रतिष्ठानले कला, संस्कृति र सभ्यताको संरक्षण तथा जगेर्नामा खेलेको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै उक्त सामग्री सहयोग स्वरूप उपलब्ध गराइएको बताए।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लिला बाँस्कोटा, प्रतिभा सामुदायिक पुस्तकालयका सदस्य हेमन्तराज जोशी (बाजे), प्रतिष्ठानका कोषाध्यक्ष कमला भट्टराईलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्ने वक्ताहरूले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रदान गरिएका वाद्यवादन सामग्रीले कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा जगेर्नामा थप योगदान गर्ने विश्वास व्यक्त गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.