गौरीगंगामा सामुदायिक वन समूहद्वारा नगरपालिका र वडा कार्यालयलाई सहयोग

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

हेमन्त बाजे
असोज ०८, चौमाला

गौरीगंगा नगरपालिका–३ स्थित केदारेसश्वर सामुदायिक वन उपभोक्ता समूहले नगरपालिका र वडा कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ।

गत भदौ २४ गते जेन जेड पुस्ताको आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा भएको आगजनी तथा तोडफोडपछि कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको थियो। यस्तै अवस्थामा केदारेस्वर सामुदायिक वन समूहले सहयोगस्वरूप सामग्री हस्तान्तरण गरेको हो।

जिल्ला वन डोटी

नगरपालिका प्रमुख देबिदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम तथा कर्मचारीहरुको उपस्थितिमा समूहका अध्यक्ष हर्क नेगीसहित पदाधिकारीहरूले सोफा सेट १ थान, कम्प्युटर १ थान र रंगिन प्रिन्टर १ थान नगरपालिका कार्यालयलाई हस्तान्तरण गरे।

त्यसैगरी, गौरीगंगा–३, झिलस्थित वडा कार्यालयलाई समेत सोफा १ सेट, कम्प्युटर १ थान, प्रिन्टर १ थान प्रदान गरिएको छ। उक्त कार्यक्रम वडा अध्यक्ष मनिराज जोशी, वडा सदस्यहरू, सचिव घनश्याम ओझा र अन्य पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा नगरप्रमुख कँडेलले कठिन परिस्थितिमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो पहलले कार्यालयलाई ठूलो राहत मिलेको बताए। त्यस्तै, समूह अध्यक्ष नेगीले केदारेस्वर सामुदायिक वनले सिपमूलक कार्यक्रम, आय–आर्जन र सशक्तीकरणसँगै सामाजिक तथा मानवीय कार्यमा पनि निरन्तर सक्रियता देखाउँदै आएको उल्लेख गरे।

हाल नगरपालिका र वडा कार्यालयले विभिन्न संघ–संस्थाको सहयोगमा नागरिक सेवाहरू निरन्तर सञ्चालन गरिरहेको जनाइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.