स्व. राधा देवी मल्लका परिवारलाई किसान बहुउद्देश्यीय सहकारी संस्था द्वारा सुविधा वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, जोरायल — किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जोरायल शाखा अन्तर्गत केन्द्र नं. ०२५०३९७४०१०३ की सक्रिय सदस्य राधा देवी मल्लको असामयिक निधनपछि सहकारीले उनको परिवारलाई सुविधा वितरण गरेको छ।

शुक्रबार आयोजित श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा मृतक मल्लको परिवारलाई रु. ४लाख ४६ हजर ३ सय ९६ रुपैयाँ हस्तान्तरण गरिएको हो। कार्यक्रमको अध्यक्षता शाखा प्रमुख किरण कुमारी चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि जोरायल गाउँपालिका–३ का वडा अध्यक्ष नवीन ओझा रहनु भएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सहकारीका अनुसार स्व. मल्लले सहकारीबाट रु. ३ लाख ऋण लिएकी थिइन्। दुई किस्ता बुझाइसकेपछि उनको असमायीक निधन भएको थियो। सहकारीले सदस्य सुरक्षण कोष कार्यक्रमअन्तर्गत ऋण रकमको १४० प्रतिशत र शेयर सदस्य काज क्रिया खर्चका लागि रु. २५ हजार गरी जम्मा रु. ४ लाख ४६ हजार ३ सय ९६ सहयोग गरेको हो। साथै उपचारका क्रममा रु. ५ हजार पनि उपलब्ध गराइएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन ओझाले भने, “सहकारी संस्था केवल आर्थिक व्यवहारको माध्यम मात्र होइन, सदस्यका सुखदुःखमा सँगै उभिने परिवारको रूपमा परिचित हुँदै गएको छ,” भन्दै सहकारीको उच्च प्रशंसा गरे।

त्यस्तै, शाखा प्रमुख किरण कुमारी चौधरीले भनिन्, “सहकारीका सदस्यहरू हाम्रो मुख्य शक्ति हुन्। स्व. मल्लजस्ता निष्ठावान् सदस्यको असामयिक निधनले हामीलाई दुःखी बनाएको छ, तर सहकारी सधैं सदस्यको परिवारसँगै रहनेछ,” उनले भनिन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, सहकारी कर्मचारी , समूह सदस्यहरू र मृतकका परिवारजन उपस्थित थिए। सहभागीहरूले स्व. मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.