बाह्रबन साझेदारी बन उपभोक्ता समूहमा अर्जुन बोगटी अनुगमन समितिका संयोजक चयन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

हेमन्त जोशी ।
कैलाली, — गौरीगंगा नगरपालिका–६, बनबेहडास्थित बाह्रबन साझेदारी बन उपभोक्ता समूहको हालै सम्पन्न साधारण सभाले अनुगमन समितिको संयोजकमा अर्जुन बोगटीलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

समूहका कोषाध्यक्ष राजेन्द्र जोशीका अनुसार सभामा इच्छुक परिषद् सदस्यहरूले नाम दर्ता गरेपछि तेस्रो चरणको छलफल र सहमतिबाट बोगटी संयोजकका रूपमा चयन भएका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

अनुगमन समितिका अन्य सदस्यहरूमा गौतमसिं बिक, प्रकाश पाठक, कृष्ण मल्ल र सत्यकुमारी बिष्ट चयन भएका छन्।

त्यसैगरी लेखा समितिको संयोजकमा जुद्द साउँद चयन भएका छन् भने अन्य सदस्यहरूमा चन्द्रमणी भट्ट, शुसिला सिजापती, मदनराज शर्मा जोशी र नरेश अधिकारी रहेका छन्।

अनुगमन समितिका संयोजक बोगटी धनगढी उपमहानगरपालिका–११, घोडसुवा, कैलालीका बासिन्दा हुन्। उनी सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकासँगै ठेकराज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.