पूर्वमन्त्री अफताब आलमको काठमाडौंमा उपचारकै क्रममा निधन

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान करिब ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

जिल्ला वन डोटी

स्वास्थ्यमा एकाएक जटिलता देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुगर, उच्च रक्तचापलगायत समस्याहरू तीव्र बन्दै गएपछि आलमलाई भेन्टिलेटरमा राखेर उपचार गराइँदै आएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको अवस्था झनै गम्भीर हुँदै गएपछि निधन भएको जनाइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

उनको शव आज बिहान एम्बुलेन्समार्फत गृहजिल्ला रौतहट लगिएको छ। अन्तिम दाहसंस्कारका लागि शव राजपुरतर्फ लैजाने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.