प्रतिभा पुस्तकालयमा नव–निर्वाचित पदाधिकारीको सम्मान र बधाई कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली, कार्तिक २९। कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयमा नव–निर्वाचित पदाधिकारीहरूको सम्मान र बधाई कार्यक्रम शनिबार सम्पन्न भएको छ।

जिल्ला वन डोटी

कार्तिक १५ र १६ गते सम्पन्न १६औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट चयन भएका २ जना कार्यसमिति सदस्य, १७ जना सल्लाहकार समिति सदस्य, ८ जना साहित्यिक समिति सदस्य तथा ८ जना सांस्कृतिक समिति सदस्यलाई पुस्तकालयले औपचारिक रूपमा स्वागत तथा बधाई प्रदान गरेको हो। सोही अवसरमा पुस्तकालयका पूर्व कार्यसमिति सदस्य तथा सल्लाहकार सदस्यहरुलाई बिदाइ तथा सम्मानसमेत गरिएको संस्थाले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रम नव–निर्वाचित अध्यक्ष श्री भूपेश जोशीको सभापतित्वमा सुरु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशी हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा पुस्तकालयका निवर्तमान अध्यक्ष श्री पुष्पराज जोशी, सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सह–प्राध्यापक श्री हरिकृष्ण कडायत, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर तथा समाजसेवी श्री सुरत बहादुर कार्की उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको संचालन पुस्तकालयका सचिव श्री धर्मसिंह कुँवरले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले नव–निर्वाचित पदाधिकारीहरूलाई पुस्तकालयको विस्तार, प्रभावकारी सेवा प्रवाह, सामुदायिक पठन संस्कृति प्रवर्द्धन तथा संस्थाको समग्र विकासमा सक्रिय भूमिका निभाउने विश्वास व्यक्त गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.