स्थानीय आवश्यकता पहिचान गर्दै जोरायलमा अन्तरक्रिया कार्यक्रम सुरु

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — जोरायल गाउँपालिका डोटीले बजेट तर्जुमा कार्यान्वयन अभ्यास र सुधारका उद्देश्यसहित सुरु गरेको सहकिकरण कार्यक्रम आज वडा नं. ३ र वडा नं. ४ मा पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नं. ३ र ४ मा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, महिलासमूह, टोल–विकास समितिका सदस्य, युवा तथा सरोकारवालाहरूको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले वडाभित्रका प्राथमिक आवश्यकता, मौजुदा समस्या र आगामी वर्षमा समावेश गर्नुपर्ने योजनाबारे विस्तृत रूपमा आफ्नो सुझाव राखेका थिए।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्नेहरूले सहकिकरणको माध्यमबाट स्थानीय आवश्यकतामा आधारित योजना छनोट, समावेशी सहभागिता र पारदर्शिता सुनिश्चित हुने विश्वास व्यक्त गरे। वडास्तरीय सरोकारवालाहरूले गाउँपालिका स्तरीय विकास र सेवामा समुदायको प्रत्यक्ष सहभागिताको महत्वमाथि जोड दिएका थिए।

सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी र सरसफाइ जस्ता प्राथमिक क्षेत्रमा सुधार आवश्यक रहेको औँल्याए। साथै, महिलाहरू र युवाहरूका लागि विशेष कार्यक्रम समावेश गर्ने सुझाव पनि प्रस्तुत भए। वडास्तरमा संकलित सुझावहरू आगामी गाउँपालिकास्तरको छलफलमा प्रस्तुत गरिने र योजना निर्माण प्रक्रियामा समावेश गरिने जनाइएको छ।

गाउँपालिकाले सहकिकरण कार्यक्रमलाई सबै वडामा निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ, जसले स्थानीय आवश्यकता पहिचान, सहभागिता सुनिश्चितता र योजना कार्यान्वयनमा पारदर्शिता थप गर्ने विश्वास गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.