हरेक वर्ष भदौ २३ गते जेनजी शाहीद दिवस मनाइने

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

१५ मंसिर, काठमाडौं । सरकारले अबदेखि हरेक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकार प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।

जिल्ला वन डोटी

उनका अनुसार जेनजी आन्दोलनमा जीवनत्याग गर्ने वीरहरूको सम्झनालाई औपचारिक रुपमा सम्मान दिलाउन सरकारले दिवसलाई मान्यता दिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

मन्त्रिपरिषद्ले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका आमा, बुबा, श्रीमती तथा अविवाहित छोरी–छोरालाई फोटोसहितको विशेष परिचयपत्र वितरण गर्ने निर्णय पनि गरेको छ। यो परिचयपत्रले राज्यका विभिन्न सेवा तथा सुविधा प्राप्तिमा परिवारजनको पहिचान र पहुँच सहज बनाउने बताइएको छ।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ। सरकार प्रवक्ताले शहीदका परिवारप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउन आवश्यक पहल जारी रहने जानकारी दिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.