नेपाली महिला जनप्रतिनिधिको सुकर्म प्रवर्द्धनमा ‘शी लिड्स आइकन’ दोस्रो संस्करण सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

मंसिर २२, काठमाडौं। नेपाली महिला जनप्रतिनिधिहरूको सशक्त नेतृत्व, उत्कृष्ट कार्यसम्पादन र समुदायप्रति गरेको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘शी लिड्स आइकन’ दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भयो।

कार्यक्रमको सुरुवात स्थानीय उत्पादन, पर्यटन, पहिचान तथा महिला उद्यमीहरूको मौलिक उत्पादनहरू प्रदर्शन गरिएको स्टलहरूको उद्घाटनबाट गरिएको थियो। देशका विभिन्न ३१ स्थानीय तहका स्टलहरू सहभागी भएका थिए, जहाँ स्थानीय उत्पादन र पहिचान झल्काउने सामग्रीहरू प्रदर्शन गरिएको थियो। महिला उद्यमीहरूले प्रस्तुत गरेका मौलिक उत्पादनहरूले कार्यक्रमलाई विशेष आकर्षक बनायो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

उत्सवमा आयोजित प्यानल छलफल सत्रमा महिला उद्यमशीलताका अवसर, चुनौती तथा भविष्यका सम्भावनाबारे विस्तृत बहस भयो। छलफलमा उद्योग वाणिज्य महासंघकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष सोभा ज्ञावली तथा इन ड्राइभ नेपालकी कन्ट्री डाइरेक्टर रिता पोखरेल सहभागी थिए। सत्र संचालन संचारकर्मी संगीता कटुवालले गरिन्।यसैगरी, पहिलो संस्करणका आइकनहरूसँग गरिएको ‘आइकनसँग संवाद’ सत्रमा महिला नेतृत्वका प्रेरणादायी कथनहरू प्रस्तुत गरियो।

उत्सवको मुख्य आकर्षण ‘शी लिड्स आइकन २०२५’ अवार्ड सम्मान समारोह थियो। उत्कृष्ट कार्य, नेतृत्व क्षमता र जनसेवामा सक्रियताका आधारमा सात जना महिला जनप्रतिनिधि यस वर्ष सम्मानित भए।
सम्मानित जनप्रतिनिधिहरूमा इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बु (इलाम), षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राई (भोजपुर), बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल (धनुषा), ठाकुरद्वारा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराई (बर्दिया), लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाही (कैलाली), साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ (बझाङ) तथा कुशे गाउँपालिकाकी जनप्रतिनिधि देविका कुमारी सिंह (जाजरकोट) रहेका छन्।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला र प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विशिष्ट अतिथिका रूपमा सहभागी भए।

देशभरका महिला जनप्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रमा सक्रिय अग्रणी महिलाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली र प्रेरणादायी बनाएको आयोजकले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.