बुडर–जोरायल सडक निर्माण सुस्त , युवाहरू चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । सुदूरपश्चिम प्रदेश सरकारको ठेक्कामा निर्माणाधीन बुडर–जोरायल सडक आयोजना लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीय युवाहरूले कडा असन्तुष्टि जनाएका छन्।

जिल्ला वन डोटी

पूर्वाधार विकास कार्यान्वयन कार्यालय, डडेल्धुराबाट कार्यान्वयन भइरहेको उक्त सडक राजेन्द्र निर्माण सेवा कम्पनी ले लिएको ठेक्का भए पनि निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेको स्थानीयको आरोप छ। युवाहरूका अनुसार निर्माण कम्पनीले दैनिक एउटा मात्र मेसिन प्रयोग गरी दिनमा करिब २–३ घण्टा जति औपचारिक काम गरेजस्तो देखाएर समय बिताइरहेको छ, जसका कारण सडक निर्माण कार्य अत्यन्तै सुस्त बनेको आरोप छ ।

पोषण खाजा सम्बन्धि सन्देश

यसै विषयमा जोरायल क्षेत्रका युवाहरूले कार्यालय प्रमुखमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै निर्धारित समयमै सडक निर्माण सम्पन्न गराउन तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्। पत्रमा उल्लेख गरिएअनुसार यदि सम्बन्धित कार्यालयले आवश्यक कदम नचाले र निर्माण कार्य तीव्र गतिमा अगाडि नबढेमा जोरायलवासी युवाहरू चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।

स्थानीय युवाहरूले बुडर–जोरायल सडक क्षेत्रको आर्थिक, सामाजिक र यातायात विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको बताएका छन्। उनीहरूले निर्माण कम्पनी र सरोकारवाला निकायबीच समन्वय गरी कामको नियमित अनुगमन र तीव्रता आवश्यक रहेको बताएका छन्।
जोरायल क्षेत्रका युवाहरूको तर्फबाट डिल्लीराज जोशीको नेतृत्वमा ‘जेन्सी युवा टिम’ ले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.