पद्म प्रभात प्रतिष्ठान धनगढीद्वारा साहित्य, पत्रकारिता र प्रतिभा प्रोत्साहनका लागि तीन पुरस्कार स्थापना

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

धनगढी — साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी ‘प्रभात’को सम्मानमा स्थापित पद्म प्रभात प्रतिष्ठान, धनगढीले साहित्य, पत्रकारिता र नवप्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले तीन वटा पुरस्कार स्थापना गरेको छ।

प्रतिष्ठानको शनिबार धनगढीमा सम्पन्न बैठकले रु. १ लाख ११ हजार १ सय ११ नगद राशीको ‘पद्म प्रभात प्राज्ञिक पुरस्कार’, रु. ११ हजार १ सय ११ नगद राशीको ‘पद्म प्रभात पत्रकारिता पुरस्कार’ तथा रु. ११ हजार १ सय ११ नगद राशीको ‘भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

यी पुरस्कारहरूलाई दीर्घकालीन रूपमा निरन्तरता दिन प्रतिष्ठानले रु. २० लाखको अक्षयकोष समेत स्थापना गरेको छ। प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरीका अनुसार, उक्त पुरस्कारहरू वि.सं. २०८२ सालदेखि नियमित रूपमा प्रदान गरिने व्यवस्था गरिएको छ।

पुरस्कारका लागि योग्य व्यक्ति तथा संस्थाको छनोट गर्न वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरको संयोजकत्वमा महाकाव्यकार मनिराज जोशी तथा साहित्यकार एवं सहायक प्राध्यापक गणेशराज जोशी सदस्य रहेको प्रतिभा छनोट उपसमिति गठन गरिएको छ।

प्रतिष्ठानले यी पुरस्कारहरूको स्थापनाले साहित्यिक अनुसन्धानको प्रवर्द्धन, जिम्मेवार पत्रकारिताको सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.