प्रेस चौतारी नेपालको स्थापना दिवसमा डोटीमा बिरामीलाई फलफूल वितरण

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी : प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा आज बिहीवार प्रेस चौतारी नेपाल डोटी शाखाले जिल्ला अस्पताल डोटीमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनाअनुसार आयोजित कार्यक्रममा अस्पतालमा रहेका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल डोटीले जनाएको छ।

जिल्ला वन डोटी

कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासी, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष कुमार गुप्ता, जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनारा बि.के.,प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य झलक पाली , नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवर तथा प्रेस सेन्टर डोटीका अध्यक्ष किरण धामी लगायतको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रमका क्रममा प्रेस चौतारी नेपाल डोटीका उपाध्यक्ष तेजु ओलीले स्थापना दिवसलाई सामाजिक सेवामूलक कार्यमार्फत मनाउनु संस्थाको उद्देश्य अनुरूप भएको बताउँदै यस्ता मानवीय गतिविधिले पत्रकारिता क्षेत्रप्रति सकारात्मक सन्देश जाने उल्लेख गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.