
डोटी । भौगोलिक विकटताले डोटीका ग्रामीण बस्तीका मतदातालाई मतदान स्थलसम्म पुग्नै सकस छ । जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तीलाई त झनै समस्या हुने गरेको छ । डोटीका कतिपय मतदातालाई मतदानस्थल पुग्न ४ घण्टासम्म समय लाग्ने अवस्थाले मतदान मतदान प्रतिशत समेत न्यून हुने गरेको छ । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा जम्मा ५१ प्रतिशत मात्र मतदान भएको थियो ।
भौगोलिक बिकटता कच्ची सडक र सहज रुपमा यातायातका साधन नचल्ने भएकाले डोटीका अधिकांश ठाउँका मतदाता घण्टौं पैदल हिँडेर मतदान गर्न जानू पर्ने बाध्यता छ । जसले मतदान सहभागितामै असर पर्ने गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर – २ मा रहेको बर्छैन माबी बर्छैन वडा नम्बर -२ को एउटा मात्र मतदान केन्द्र हो जहाँ वडा नम्बर -२ मा खरहर तारेगडा बस्यल सडेखान जस्ता बिकट बस्ती रहेका छन त्यस ठाउँका मतदातालाइ मतदान स्थल पुग्न करिब ३ घण्टा भन्दा बढी लाग्छ। अपाङ्गता भएका र जेष्ठ नागरिक मतदान स्थल सम्म पुग्नै सक्दैनन् । वडा मा एउटा मात्र मतदान केन्द्र रहेको छ । जहाँ क र ख मतदान स्थल रहेका छन भौगोलिक बिकटताका कारण मतदान स्थल सम्म पुग्न स्थानिय समस्या हुने गरेको बर्छैन माध्यामिक बिद्यालयका प्रअ इन्द्र बमले बताउनु भयो ।
जोरायल गाउँपालिकाका वडा नम्बर ४,५ र ६ का अधिकांश बस्ती बिकट क्षेत्रमा छ्न । वडा नम्बर ६ को मतदान स्थल केदार माबी खसरेमा रहेको छ जहाँ वडा नम्बर -६ कै तितौले ,गाबर लगायतका ठाउँका स्थानियलाई मतदान केन्द्र पुग्न ४ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । त्यस्तै वडा नम्बर ४ र १ मा पनि यस्तै समस्या रहेको स्थानिय बताउनु हुन्छ ।

जिल्लाको जोरायल र बडीकेदार मात्र नभएर बोगटान फुड्सिल गाउँपालिका पुर्बिचौकी, सायल, आदर्श शिखर के आइ सिंह लगायतका स्थानियका धेरै जस्तो ठाउँका मतदातालाई मतदान स्थल पुग्न समस्या हुने गरेको छ ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा जम्मा ५१ प्रतिशत मात्र मतदान भएको थियो ।जम्मा मतदाता संख्या १ लाख २४ हजार ८ सय ७० रहेकोेमा ६४ हजार ५८ जनाले मात्र मतदान गरेका थिए ।
ग्रामीण ठाउँका मतदान स्थललाइ मध्ये नजर गरि केही मतदान स्थल थप गरेको र निर्वाचन आयोगले निर्वाचनको दिन सम्म अपांगता भएका ब्यक्ति , जेष्ठ नागरिकका लागि केही विशेष ब्यवस्थापन गर्न सक्ने निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
स्थानीय तहको संरचना निर्माण गर्दा भौगोलिक अवस्थालाई ख्याल नगरी स्थानीय तह पालिका र वडा स्थापना गर्दा निर्वाचनको मतदान र अन्य अत्यवश्यक सेवा सुविधा लिनका लागि सर्वसाधारण नागरिकलाई समस्या हुने गरेको छ ।



