डोटीको ठुलाकेदारमा शिवरात्रिमा मेला लाग्ने

पुन्ना तालिम केन्द्र

डोटी : सुदुरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धाममा यहि फागुन ३ गते महा शिवरात्रिको अबसरमा बृहत् मेला लाग्ने भएको छ । बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन एक समितिले सूचना जारी गर्दै यस बर्षको शिबरात्रि
मेला भब्य हुने जनाएको छ । सूचनामा उल्लेख भए अनुसार भब्य मेला सँगै बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिका नब नियुक्त पदाधिकारीको सफत ग्रहण र केदार पुजन कार्य समेत हुने उल्लेख गरिएको छ ।

जिल्ला वन डोटी

साथै शिवरात्रीको अवसरमा उक्त दिन विशेष रुद्री पाठ, महादीप प्रज्वलन तथा भगवान शिवको विधिपूर्वक पूजाआजा गरिने बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले बताउनु भएको छ ।
ठुलाकेदारमा हरेक बर्ष कार्तिक शुक्लचतुर्दशी मा भब्य मेला लाग्ने गरेको छ भने महा शिवरात्रिमा पनि मेला लाग्ने गरेको छ ।

ठुलाकेदार बाबाको दर्शन गर्नाले मनकामना पूरा हुने जनबिश्वास रहिआएको छ । विशेष गरि कार्तिकशुक्ल चतुर्दशीमा नेपालका विभिन्न जिल्ला र भारत लगायत अन्य मुलुक बाट समेत भक्तजनको घुइचो लाग्ने गरेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.