जातीय छुवाछुत तथा रंगभेद उन्मूलन दिवस डोटीमा मनाइयो

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — ६१ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा जोरायल गाउँपालिका–३, डोटीमा विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ।

जिल्ला वन डोटी

“दलित समुदायको न्यायमा पहुँचकालागि राज्य संरचनाको प्रभावकारी परिचालन ” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीय स्थानीय जनप्रतिनिधि, नागरिक सरोकार मंच, महिला समूह, नागरिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्य गर्न सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सामाजिक समावेशीता, समान अधिकार र मानव मर्यादाको संरक्षण सम्बन्धी सन्देशमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले समाजमा अझै पनि विद्यमान विभेद अन्त्यका लागि चेतना अभिवृद्धि आवश्यक रहेको औंल्याएका थिए।

उक्त कार्यक्रम जोरायल गाउँपालिकाको सहकार्यमा सम विकास केन्द्र (EDC) नेपाल तथा ActionAid को साझेदारी स्थानीय अधिकार कार्यक्रम को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममार्फत विभेदरहित समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.