
डोटी। आगलागी बाट डोटीमा ६ हजार बोट कागती नष्ट भएका छ्न । बडीकेदार गाउँपालिका वडा नम्बर २ खरहरमा रहेको करन साउँदको कागती बारीमा आगो लागेको हो ।

साउँद कृषि पशुपक्षी तथा मत्स्य पालन फार्ममा आगो लाग्दा ६६ रोपनी जमिनमा लगाइएको १० हजार बोटा कागती मध्ये ६ हजार कागतीका बिरुवाहरू आगलागी बाट नष्ट भएका रआगो लगाउने ब्यक्तिको खोजी कार्य भैरहेको प्रहरी चौकी खड्यौलिले जनाएको छ ।
२०७७ सालमा स्थापना गरिएको फर्ममा लगाइएका फल्न तयार भएका कागतीहरू आगोले नष्ट भएका हुन्।सुन कागती–१ र सुन कागती–२ जातका बिरुवा रोपेका र पोहर साल देखि फल्न सुरु भएको आगलागी बाट बर्षौ देखिको मेहनत खरानी भएको कृषि फर्म संचालक करन साउँदले बताउनु भयो । उहाँले बारीमा आगो लगाउनेहरूका विरुद्धमा प्रहरीमा निवेदन दिएको बताउनु भएको छ



