चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

हेमन्त जोशी , कैलाली ।चौमाला बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिनेशराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने गौरीगंगा नगरपालिका वडा नं. १ का अध्यक्ष डबल दियाकोटी विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा मसुरिया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कमलराज जोशी, उदासिपुर खानेपानी समितिका अध्यक्ष मानसिंह धामी, वनबेहडा खानेपानीका अध्यक्ष बहादुर खड्का, वनबेहडा खानेपानी समिति दैद्वारीका सचिव हेमन्तराज जोशी, राजीपुर खानेपानी समितिका सचिव छवि कँडेल तथा मौवारी सामुदायिक वनका अध्यक्ष सुन्दिरा चौधरीलगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्यमन्त्री बमले शुद्ध खानेपानी पिउन पाउनु हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्नुभयो। उहाँले मानव शरीरमा करिब ७० प्रतिशत पानी रहने भएकाले शुद्ध पानी बिना स्वस्थ जीवनको परिकल्पना गर्न नसकिने बताउँदै आगामी दिनमा पाइपलाइन विस्तार कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारणसभामा समितिले स्थापना कालदेखि हालसम्म संस्थालाई सहयोग तथा सुझाव प्रदान गर्दै पाइपलाइन विस्तारमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा टिका सिंह बोहरा, इन्द्रबहादुर चन्द, रतन शिलाधर, जितमान बुढा र मानसिंह धामी रहेका छन्। साथै, समयमा खानेपानी महसुल बुझाउने निलप्रसाद ओझा र बढी महसुल बुझाउने अमृत शाहीलाई पनि सम्मान गरिएको छ।

उक्त अवसरमा आर्थिक वर्ष ०८२/०८३ को ४३ लाख ९८ हजार २१९ रुपैयाँ ५६ पैसाको आय–व्यय विवरण संस्थाका व्यवस्थापक नवीन चन्दले प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा समितिकी सदस्य मनमति बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव सागर थापाले गर्नुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.