जोरायलमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइयो

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी ।जोरायल गाउँपालिकामा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रूपमा सम्पन्न भएको छ। “श्रमिकको सुरक्षा र स्वास्थ्य” भन्ने मूल सन्देशसहित सम विकास केन्द्र (EDC) नेपाल द्वारा गठित श्रमिक महिला सञ्जालको आयोजनामा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

दिवसको अवसरमा आयोजित सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय श्रमिक महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा श्रमिक महिलाहरूले औपचारिक क्षेत्रमा कार्यरत महिलामाथि हुने ज्यालामा विभेद, ज्यालामा ठगी, कार्यस्थलमा हुने हिंसा तथा महिला श्रमिकको स्वास्थ्य र सुरक्षासम्बन्धी समस्याहरूबारे खुला रूपमा आफ्नो अनुभव र धारणा राखेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले श्रमिक महिलाको हक–अधिकार सुनिश्चित गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताउँदै समान कामको समान ज्याला, सुरक्षित कार्य वातावरण र महिला–मैत्री नीतिको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले श्रमिक महिलाहरूलाई सशक्त बनाउन यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष नवीन ओझाले श्रमिकहरूको समस्या समाधानका लागि स्थानीय तहले ठोस पहल गर्नुपर्ने बताउँदै विशेष गरी महिलामाथि हुने ज्याला विभेद र कार्यस्थल हिंसा अन्त्य गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

ग्रामीण क्षेत्रमै रहेर पनि श्रमिक महिलाहरूको आवाज सशक्त रूपमा उठाइएको यस कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहयोगहरुले जनाएका छन। विविध छलफल, अनुभव आदानप्रदान तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको कार्यक्रमले श्रमिक महिलाको अधिकार र सम्मानका लागि थप प्रेरणा दिएको सहभागीहरूको भनाइ रहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.