महिलाको आर्थिक सशक्तीकरणका लागि जोरायलमा “संवाद परियोजना” शुभारम्भ

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, जेठ ७ — डोटीको जोरायल गाउँपालिका मा महिलाको आर्थिक सशक्तीकरण, सामाजिक सहभागिता तथा अनुकूलन वातावरण निर्माण गर्ने उद्देश्यसहित “संवादमार्फत महिलाको आर्थिक उन्नतिका निमित्त अनुकूलन वातावरण सृजना परियोजना” शुभारम्भ गरिएको छ।

बिहीबार आयोजित परियोजना शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष जमुना बोहरा (रोकाया), प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, विभिन्न शाखाका कर्मचारी, सहकारी तथा संघसंस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लब, किशोरी समूह, बाल क्लब तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओझाले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि संवाद महत्वपूर्ण माध्यम बन्ने उल्लेख गर्दै GRAPE–2, नेपाल सरकार, GIZ, युरोपियन युनियन तथा प्रो–पब्लिकको सहकार्यले स्थानीय तहमा महिलाका अधिकार, सीप, उत्पादन र क्षमताको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले गाउँपालिकाले जीविकोपार्जन तथा आर्थिक सशक्तीकरणका लागि ४२ रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर महिलाहरूलाई कृषि उत्पादनमा जोडेको जानकारी दिँदै अब उत्पादनको बजारीकरण र व्यवसायिक विकासमा परियोजनाले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो। महिलामैत्री तालिमहरू सञ्चालन गरिए पनि व्यावसायिक सफलता हासिल गर्न आवश्यक वातावरण निर्माणमा “संवाद” प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ थियो।

जिल्ला वन डोटी

उपाध्यक्ष जमुना बोहराले दिगो विकास लक्ष्य–२०३० अन्तर्गत गरिबी न्यूनीकरण, लैङ्गिक समानता, सभ्य रोजगारी र आर्थिक वृद्धिमा स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउन परियोजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जोरायलको पहिचान बोकेको बासमती चामल, आलु लगायतका अर्गानिक उत्पादनलाई बजारीकरणसँग जोड्न भइरहेको सहकार्यले महिला उद्यमीहरूलाई थप उत्साह मिल्ने बताउनुभयो।

कार्यक्रममा परियोजना अधिकृत कमला रानाले महिलाको आर्थिक अवस्था सुधार, उद्यमशीलता विकास तथा स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार महिलाहरूलाई सीपमूलक तालिम, वित्तीय पहुँच, नेतृत्व विकास तथा सामुदायिक सहकार्यमार्फत आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन गरिनेछ।

परियोजनामार्फत महिलामा सकारात्मक सोचको विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा निर्णय प्रक्रियामा समान सहभागिताका लागि वातावरण निर्माण गरिने जनाइएको छ। साथै सामाजिक, आर्थिक तथा पारिवारिक चुनौतीबारे खुला संवादमार्फत समाधान खोज्ने अभ्यासलाई पनि प्राथमिकतामा राखिने बताइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले युवामुखी कार्यक्रमसँग परियोजनालाई जोड्न, लागू पदार्थ दुर्व्यसन नियन्त्रण गर्न तथा साइबर अपराध, साइबर बुलिङ र डिजिटल माध्यमबाट हुने हिंसाबारे सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव दिएका थिए। विशेषगरी श्रम र व्यवसायमा संलग्न महिलाहरू आर्थिक, शारीरिक तथा मानसिक हिंसाको जोखिममा रहेकाले संवादमूलक सचेतना कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ थियो।

उक्त परियोजनामा GRAPE–2, युरोपियन युनियन, GIZ लगायतका संस्थाको सहयोग रहेको जनाइएको छ। गाउँपालिकामा संवाद सहजकर्ताका रूपमा अनिता कुमारी नेपाली र जानकी साउद कार्यरत रहेका छन्।कार्यक्रमको सञ्चालन शिव सार्कीले गर्नुभएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.