जोरायलमा २७औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । “भिन्न परिवेश, साझा आकांक्षा” भन्ने मूल नाराका साथ जोरायल गाउँपालिकामा २७औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ।

जोरायल गाउँपालिका–३ र ४ मा रहेका नयाँसोच युवा सञ्जाल र सिर्जनशील युवा सञ्जालको आयोजनामा तथा जोरायल गाउँपालिका, सम विकास केन्द्र र एक्सनएड नेपालको सहकार्यमा पालिकास्तरीय कार्यक्रम आयोजना गरिएको हो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, इलाका प्रहरी कार्यालय जोरायलका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लागुऔषध तथा दुर्व्यसन नियन्त्रण, युवाका लागि रोजगारी तथा स्वरोजगारका अवसर, युवा सहभागिता, नेतृत्व विकास र युवासँग सम्बन्धित सवालहरूका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो। युवाहरूको सहभागितामा विभिन्न सन्देशमूलक नारासहित र्‍यालीसमेत निकालिएको थियो।

अन्तरक्रियाका क्रममा युवालाई उत्पादनशील तथा सिर्जनात्मक क्षेत्रमा जोड्दै स्थानीयस्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो। त्यस्तै, नीति निर्माण तथा विकास प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथा युवाका सवाललाई स्थानीय सरकारका योजना र कार्यक्रममा प्राथमिकताका साथ समेट्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय युवा दिवस युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई समाज रूपान्तरणमा परिचालन गर्ने तथा युवाका साझा आकांक्षा र सवाल सम्बोधनका लागि सरोकारवाला निकायबीच सहकार्य र समन्वय बढाउने महत्वपूर्ण अवसरका रूपमा मनाइएको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.