डिभिजन सडक जनचेतनामूलक सन्देश

एकपटक पुग्नै पर्ने डोटीको भेल्छडा झरना

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डोटीको सायल गाउँपालिका वडा नम्बर – ३ मा पर्ने भेल्छडा झरना आन्तरिक तथा बाहय पर्यटककाे पर्खाइमा रहेको छ । खप्तड त्रिवेणी नदि भएर बग्ने गरेको झरना वरपर लालिगुराँस फूल्ने मौसममा  झनै  सौन्दर्यता थपेको पाइन्छ ।मनमोहक भेल्छडा झरनाकाे व्यापक प्रचारप्रसार हुनुपर्ने खप्तड पर्यटन बोर्डका सदस्य हरिपाल थापाले बताए ।

कसरी पुग्न सकिन्छ त झरना ?
भेल्छडा पुग्न काठमाडौं-धनगढी- दिपायलसम्म हवाई तथा गाडीको यात्रा  गर्न सकिन्छ । दिपायलदेखि सायल पुग्न जिप तथा बाेलेराे गाडी भरपर्दो हुन्छ । दिपायलदेखि करिब ३ घण्टाको गाडी यात्रामा सायल पुग्न सकिन्छ ।स्थानीय राेशन बिष्टले पर्यटकलाई सेवा दिने उदेश्यले बनाएको चिटिक्क परेको  हाेमस्टेमा १ रात बास बसेपछि भाेलि पल्ट बिहान भेल्छडा तर्फको पैदलयात्रा   गर्न सकिन्छ। करिब दुई घण्टा राम्रोसँग हिड्यो भने  भेल्छडा झरना पुग्न सकिन्छ ।  झरनामा परेका सुर्यका किरणहरु संगै देखिने सप्तरङ्गी इन्द्रेणी संगै भेल्छडा झरनामा रमाउन सकिन्छ । त्यो बेलाकाे आनन्दले थकाइ हराएको पत्तै हुदैन ।

पछिल्लो समय भेल्छडा संग टिकटक , रियल भिडियो youtube को लागि भिडियो , blog बनाउन नयाँ पुस्ताका युवाहरु पुग्ने गरेका छन् । जोश र जाँगर भएका युवा   भिडियोहरुको भ्युज बढाउने उदेश्यले समेत यहाँ पुगेर भिडियो  बनाउने गर्द्छन । त्यस्तै समाचार संकलनका लागि टेलिभिजन पत्रकारहरु समेत भेल्छडा पुग्ने गरेका छन् ।

सायलिगाढका असला माछा  सतप्रतिसत शुद्ध दुधबाट बनेको खिर ,सायलका स्याउ तथा अर्गानिक आलुका विभिन्न परिकार खान पाइने भएकोले भेल्छडा झरना यात्रा स्मरणीय बन्दै गएको पत्रकार डिल बहादुर सिहले बताए ।

भेल्छडामा पहिलोपटक यात्रा गरेपछि अदभूत आनन्द आएकाे सिलगढीमा रहेको  पद्म पब्लिक  मुक्तिनारायण मा वि का शिक्षक हिक्मत शाहीले बताए । यसअघि सुदूरपश्चिम सरकारका  पुर्व मुख्यमन्त्री  त्रिलोचन भट्ट,चर्चित युट्युबर हेमन्त राई लगायतका विशिष्ट व्यक्तिहरु पनि यो छहरा पुगेर अवलोकन गरेका छन ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.