डिभिजन सडक जनचेतनामूलक सन्देश

दुइबर्ष बित्दै लाग्दा समेत धेरै सेवाग्राहीले पाएनन् स्मार्ट चालक अनुमतिपत्र

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

यतायात ब्यबस्था कार्यालय सेती धनगढी बाट चलक अनुमती पत्रको प्रयोगात्मक परिक्षा उतिर्ण धेरै ब्यक्तिहरुले लगभग दुई बर्ष बित्दै लाग्दा समेत स्मार्ट चालक अनुमति पत्र पाउन सकेका छैनन । सन २०२२ को अन्त देखिका धेरै ब्याक्तीहरु चालक अनुमतिपत्र प्रयोगात्मक परिक्षा उतिर्णगरि आबस्यक राजस्व समेत दाखिला गरिसक्दा समेत स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षा उतिर्ण गरि सके पछि निजलाइ एक बर्ष भित्र स्मार्ट लाइसेन्स प्राप्ति नहुन्जेल सम्मको लागि परिक्षणकालिन अनुमति पत्र दिइने ब्यबस्था छ । तर यातायात ब्यबस्था कार्यालय सेती धनगढीबाट भने बिगत १८/२० महिना अगाडि प्रयोगात्मक परिक्षा उतिर्ण गरेका धेरै जसो ब्यक्तिसंग स्मार्ट लाइसेन्स छैन। लाइसेन्स उतिर्ण गरेका ब्यक्तिहरु २ बर्ष बित्दै लाग्दा समेत परिक्षणकालिन लाइसेन्स बोकेर गाडी चलाउनुपर्ने बाध्यता रहेको छ ।बाटोमा ट्राफिक प्रहरीले लाइसेन्स माग्दा परिक्षणकालिन लाइसेन्स देखाउनु पर्छ,त्यो देखाउने बित्तिकै स्मार्ट लाइसेन्स छैन तपाइको ? भनेर प्रहरीले सोध्ने गरेकोले आफू पटक पटक यातायात कार्यालयमा लाइसेन्स लिन गएको तर स्मार्ट लाइसेन्स पाउन नसकेको धनगढी तारानगरका स्थानीय महेश भट्टले बताए ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

यस बिषयमा यातायात ब्यबस्था कार्यालय सेतीका कार्यालय प्रमुख नरेन्द्र शाह संग बुझ्दा केन्दबाटै धेरै ब्याक्तीका लाइसेन्स छापिएर नाअएकोले आफुहरुले बितरण गर्न नसकेको बताए । उनले अवको १०/१५ दिन भित्र स्मार्ट लाइसेन्स नाअएका सेवाग्राहीको लागत संकलन गरेर छपाईको लागि आबस्यक पहल गर्ने बताए । त्यस्तै हाल बिभाग बाटै स्मार्ट लाइसेन्स छाप्न आफुहरुले पालो कुर्नु परेको र पालो आउँदा धेरै लाइसेन्स एकै पटक छप्नु पर्ने अबस्थामा धेरै ब्यक्तिको लाइसेन्स छाप्न छुटेको उनको भनाइ छ । छपाई गर्ने कार्यलय र बितरण गर्ने कार्यलयको ढिलासुस्ती र लापर्वाहीले गर्दा आफुहरुले बर्षौ बितिसक्दा समेत स्मार्ट लाइसेन्स नपाएको भन्दै धेरै सेवाग्राहीको आक्रोश तथा गुनासो छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.