डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ कोटान्जरका शेरबहादुर दमाईका दुबै मृगौलाले कामगर्न छोडेपछि अहिले उनी उपचारको लागि सबैसंग अपिल गरिरहेका छन। हाल उनी कैलाली स्थित नवजीवन अस्पतालमा उपचार गराइरहेका छन्।
उनका चारवटा छोरी एउटा छोरा र श्रीमती छन। भारतको मुम्बईमा रोजगारी गरी रहेका उनी बिरामी भएपछि घर फर्केका थिए। हाल भारतमा रहेका सामाजिक अभियन्ता दीपक खड्का लगायतका सहयोगी युवाहरूले शेरबहादुर बचाउ अभियान मार्फत केहि सहयोग रकम संकलन गरिरहेको विजय साउदले बताए ।
घरको मुख्य कमाउने व्यक्ति आफै बिरामीले थला परेपछि घर परिवारमा अहिले चिन्ता छाएको छ।”यता घरपरिवारको दैनिक हात मुख जोड्न धौधौ भएको छ, भने उता श्रीमानको उपचारको लागि रुपैयाँ कहाँ बाट जुटाउने ?” उनकि श्रीमती चन्द्रा दमाईले रुँदै दुःखेसो पोखिन । अहिले उनको परिवारमा दैनिक छाक समेत चलाउन अफ्ट्यारो भइ रहेको अबस्थामा शेर बहादुर दमाईको जीवन रक्षाको लागि सहयोग गरिदिन परिवारले सबै संग अपिल गरेको छ । उनको उपचारमा सहयोग गर्न चाहने भारतमा भएकाको लागि kavi Bk G.p. 8891012661 र नेपालको लागि DAL BAHADUR BHUL इ सेवा नम्बर 9868701021 सार्वजनिक गरिएको छ ।