प्रधानसेनापतिमा सिग्देल न्युक्त

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

काठमाडौँः नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन्।

 

जिल्ला वन डोटी

उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन्।

 

राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन्। साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसिसकेका छन्। सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन्।

 

उनी आर्मी कमान्ड उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबल गरेको अरोप लागेको थियो। तर तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गरेको थियो। त्यसपछि उनको प्रधानसेनापति बन्न बाटो खुलेको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.