भागेश्वर सालमुनि यातायात प्रालीद्वारा दिपायलमा इलेक्ट्रोनिक भ्यान सार्वजनिक

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

भागेश्वर सालमुनि यातायात प्रालीले आज डोटीको दिपायल बजारमा इलेक्ट्रोनिक भ्यानहरु सार्वजनिक गरेको छ। वातावरण अनुकूल भएकोले इलेक्ट्रोनिक भ्यान यात्रुहरूको रोजाइमा पर्ने गरेको भागेश्वर सालमुनी यातायात प्रणालीका अध्यक्ष रवि भण्डारीले बताए।उनका अनुसार बजारमा ५७ लाख मूल्य रहेको भ्यानको भोलि पूजापाठ हुने र पर्सि शुक्रबार देखि सिलगढी, दिपायल ,धनगढी यात्रुसहित सञ्चालनमा आउने वताए । प्रालिका अनुसार तत्काल भाडदर पुरानै  कायम रहने छ ।

 

जिल्ला वन डोटी

डोटीमा यातायात प्राली थपिनु राम्रो र खुसीको कुरा भएको, साथै यत्रुहरुले पनि अझै गुणस्तरीय यात्रा पाउने बिश्वास रहेको कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्का विजयले बताए । इलेक्ट्रोनिक भ्यानमा यात्रा गर्दाको आफुलाइ छुट्टै आनन्द अएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।

 

पर्सि शुक्रबार देखि नियमित बिहान ६:४० बजे दिपायलबाट, ७:३०बजे सिलगढी बाट र ८:३० बजे शान्तिनगरबाट सालमुनि  सेवा दिने योजना रहेको प्रालिले जनाएको छ। १५ सिट पास भएको उक्त इलेक्ट्रोनिक भ्यान संचालनको शिवपुरी यातायात प्रालीसँग सहकार्य गरीएको छ ।  प्रालिको टिकट काउन्टर सिलगढी र दिपायलमा रहने  जनाएको छ ।

 

आज दिपायलमा भएको प्रालिको भ्यान सार्वजनिक कार्यक्रमको उद्घाटन नगर प्रमुख बाजि सिंह खड्काले रिवन काटेर गरेका थिए । त्यस्तै कार्यक्रममा दिपायल सिलगढी नगरपालिका ४ का अध्यक्ष अशोक बराल, उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउद, सुरक्षाकर्मी, व्यापारी, साल्मुनि यातायात प्रालीका पदाधिकारी लगायतकाे सहभागिता रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.