रोजगारीको सिलसिलामा मलेसियामा अस्ताए अछामका भक्त

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

अछाम :- अछामका एक युवकको मलेसियामा निधन भएको छ । रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका मेल्लेख गाउँपालिका वडा न . ७ नन्देगडा मौभेरिका भक्त साँउदको निधन भएको हो । काम सकेर कोठामा सुतेका ४० बर्षिया साँउद बिहान ओछ्यानमा मृत भेटियका थिए ।

आउदो बडा दशैंमा घर आउने योजनामा रहेका र हिजो राति ९ बजे श्रीमती सग भलाकुसारी गरेका उनको मृत्यु भएको खबर  परिवारले आज बिहान पाएका हुन । तत्कालीन जनमुक्ति सेनाको रुपमा काम गरेका उनी बिगत ६ बर्षदेखि मलेसियाको कम्पनीमा सेकुरेटी गाडको रुपमा काम गर्दै आएका थिए । उनका दुईवटा छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन । उनको शव नेपाल ल्याउन आबश्यक कागजात पठाएको र पहल भईरहेको उनका आफन्त मोहन साँउदले बताएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.