

डोटीमा आज आइतबार ८१ बर्षका जेष्ठ नागरिकले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन । डोटीको जोरायल गाउँपालिका २ का प्रेम दमाईले जिल्ला प्रशासन कार्यालय डोटीमा आज नागरिकता बनाएका छन।
दमाईले पहिले कंचनपुरबाट नागरिकता लिएको र सो नागरिकता हराइसके पछि प्रतिलिपी लिन उनको कुनै प्रमाण नभेटेपछि आजसम्म उनले नागरिकता बिहिन भएर बस्नु परेको वडा नं २ का वडा अध्यक्ष वीर बहादुर दर्लामीले जनाए। अध्यक्ष दर्लामीका अनुसार प्रेमको नागरिकता नहुँदा उनले पाउने धेरै प्रकारका सेवा, सुबिधाबाट बन्चित हुनु परेकाले आज सर्जमिन मुचुल्का मार्फत प्रेमको नागरिकता बनाइएको छ । आफुले ८१ बर्षको उमेरमा भएपनि नागरिकता पाउँदा असाध्यै खुसी लागेको प्रेम दमाईले बताए ।
