डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ का ४० बर्षिया पदम खातीको बायाँ खुट्टाको रक्त सन्चार हुने नसा बन्द हुँदा घुँडामुनी देखि खुट्टा सुक्दै गएको छ। बिगत ६ महिना अगाडि मनमोहन कार्डियोथोरासिस महाराजगन्ज काठमाडौमा खुट्टाको नसाको अपरेशन गराइ घर फर्केका खातीको खुट्टाको समस्या पुनः बल्झिए पछि अहिले उनी समस्या र चिन्तामा छन ।
उनको खुट्टा पुनः दुख्न थालेपछि धनगढीका विभिन्न अस्पतालमा उपचारले केही फरक नपरेपछि भारतको बरेलिमा समेत उपचारको लागि गएको उनी बताउँछन् । भारतमा उपचार गराएर घर फर्केपछि सन्चो नभएका खातीले फेरि भारतमै गएर डाक्टरको सल्लाह अनुसार खुट्टको दुई औंला काटेका छन । खुट्टाका औंला काट्दा समेत उनको खुट्टा दुख्न नछोडेपछि उनी सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए ।यसै क्रममा अहिले उनि बाजुराका पुर्ब पत्रकार महासंघका अध्यक्ष एवं समाजसेबी प्रकाश सिंहको साथमा छन । काठमाडौ मा मेडिकल रिह्याबिटेसन सेन्टर सन्चालन गर्दै आएका सिंहको मेडिकल रिह्याबिटेसनमा अहिले उनी बसेका छन ।
सामन्य किसान परिवारका खातीले आफू सङ्ग भएको सम्पुर्ण सम्पती बेचेर उपचारको क्रममै सकिएको उनको भनाइ छ । आफ्नो थप उपचारको लागि सहयोग गरिदिन उनले सबैसँग अपिल गरेका छन ।आफ्नो उपचार गर्न अझै ६/७ लाख आबस्यक पर्ने भएको तर आफुसंग कत्तिपनि रुपैयाँ नभएको खातीले पीडा पोखे ।
एकपछि अर्को पीडा र ऋण थपिदै खाती परिवारलाई
खातीका एक छोरी, दुइ छोरा र श्रीमती छन। उनको छोरी गत मङ्सिर महिनामा बस दुर्घटना परि गम्भीर घाइते भएकी थिइन ।उनले छोरीको उपचारमा मात्रै झन्डै १६ लाख खर्च गरेका थिए ।उनि सङ्ग भएको रोजिरोटीको स्रोत एउटा ट्यक्टर छोरिको उपचारमा बेचियो । साहु संग ऋण पनि लिएर सकियो ।अहिले उनले आफ्नो उपचारको लागि रहेको एउटा मोटरसाइकल समेत बिक्री गरिसकेका बताउछन् । अब आफू सङ्ग उपचार गर्ने कुनै स्रोत र विकल्प नभएको साथै बालबच्चा सानै भएको कारण आफुलाई बचाइदिन उनले सबै संग सहयोगको अपिल गरेका छन ।
घरको मुख्य कमाउने व्यक्ति खाती आफै बिरामीले थला परेपछि बालबच्चा र श्रीमती लगाएत परिवारको बिचल्ली भएको जोरायल गाउँपालिका ३ का वडा अध्यक्ष नवीन ओझले बताए । आफुले सबै संग समाजिक संजल मार्फत उनको उपचार सहयोगको लागि अपिल गरेको तर उपचारको लागि आबस्यक रकम अझै नपुगेकाले सबैले सक्दो सहयोग गरिदिन अध्यक्ष ओझाले बताए।
भर्खरै आफ्नो उपचार सकेर अस्पतालबाट घर फर्केकि छोरी माया खातीले आफ्नो बुबाको उपचारमा सबैले सक्दो सहयोग गरि दिन तलको बैंक खाता सार्वजनिक गरेकी छिन ।उनका अनुसार आफ्नो बुबाको उपचारमा सहयोग गर्न चाहनेले सहयोगीदाताले नाम PADAM BAHADUR KHATI बैंक खाता नम्बर 0827100395953014
बैंकको नाम Agricultural Development Bank limited (कृषि विकास बैंक लिमिटेड)
Phone pay Number :-9748253555 मा सहयोग गर्न सक्ने छन ।