
अनेरास्ववियू (क्रान्तिकारी) डोटी जिल्लाको ८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। उक्त सम्मेलनबाट पुर्ण बहादुर बोहराको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्ष देब मल्ल, ईन्द्र डुम्रेल र मुना बिष्ट चयन भएका छन । त्यस्तै सचिवमा हेमन्त गड्शिला ,सहसचिवमा क्रमशः टेकराज भट्ट , सुस्मिता मल्ल , करन गड्सिला र कोषाध्यक्षमा दुर्गा धामी सहितको जिल्ला कमिटी गठन गरिएको अनेरास्ववियू (क्रान्तिकारी) डोटीले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपमहासचिव भिम भट्ट, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य शिवसिंह ओली रहेका थिए ।कार्यक्रममा माओवादी केन्द्र डोटी जिल्ला पार्टी सचिव डबल बहादुर सिंह लगायतका नेताहरुको सहभागीता रहेको विद्यार्थी नेता एवम् अखिल क्रान्तिकारी डोटीका पूर्व अध्यक्ष प्रकाश जोशीले जानकारी दिए।



