डोटीमा प्रतिनिधि सभा निर्वाचन: ४०.९ प्रतिशत मतदान

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटी जिल्लामा करिब ४०.९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। जिल्लाभर रहेका कुल १ लाख २८ हजार ३ सय ९९ मतदातामध्ये ५२ हजार ४ सय८५ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

जिल्ला वन डोटी

प्राप्त विवरणअनुसार मतदान गर्नेहरूमध्ये ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष मतदाता रहेका छन्। यो तथ्यांक प्रहरी सञ्चार सेटमार्फत संकलन गरिएको प्रारम्भिक विवरण भएको नजर अनलाइनले जनाएको छ।

यद्यपि विभिन्न स्थानमा देखिएको नेटवर्क समस्याका कारण निर्वाचन आयोगको आधिकारिक फर्म्याटअनुसारको विवरण प्राप्त हुन नसकेकोले मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हालसम्म औपचारिक रूपमा मतदान प्रतिशत सार्वजनिक गरिसकेको छैन।

यसकारण सार्वजनिक भएको विवरणलाई प्रारम्भिक तथ्यांकका रूपमा लिइएको छ। आधिकारिक र विस्तृत विवरण भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही समयपछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.