एमालेद्वारा देशभर वडा भेला, संसद पुनःस्थापनाको माग प्रमुख एजेन्डा

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । जेन्जी आन्दोलनपछि विघटन गरिएको संसद पुनःस्थापनालाई मुख्य एजेन्डा बनाउँदै नेकपा एमालेले कात्तिक २२ गते देशभर एकैदिन वडा भेला सम्पन्न गरेको छ। पार्टीले संसद पुनःस्थापनामार्फत राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएको छ।

उही अभियानअनुसार डोटीको जोरायल गाउँपालिकाका सबै वडामा पनि भेला सम्पन्न गरिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा पार्टीको जोरायल गाउँपालिका इन्चार्ज जमुना बोहराले जानकारी दिइन्।

जिल्ला वन डोटी

जोरायल–३ को भेलालाई सम्बोधन गर्दै बोहराले भनिन्,“जोरायल गाउँपालिकाका सबै वडामा भेला सफलतापूर्वक सम्पन्न भएको छ। जनताको सक्रिय सहभागिताले संसद पुनःस्थापनाको हाम्रो माग स्थानीय तहमै बलियो रूपमा प्रतिध्वनित भएको छ। देशलाई अनिश्चितताबाट निकालेर स्थिरता, विकास र सुशासनको मार्गमा अघि बढाउन संसद पुनःस्थापना अब अपरिहार्य बनेको छ।”

बोहराले कात्तिक २५ गते देशभरका सबै पालिकामा पनि भेला आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै यसले पार्टी अभियानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।उनका अनुसार अवसरवाद र संगठनात्मक अराजकताविरुद्ध एकताबद्ध भएर अघि बढ्नु र समाजवादको आधार निर्माण गर्नु अहिले पार्टीको मूल दिशानिर्देशन बनेको छ।

जोरायलका सबै वडामा सम्पन्न भेला संसद पुनःस्थापनासम्बन्धी अभियानलाई स्थानीयस्तरमा गतिशील बनाएको स्थानीय नेतृत्वले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.