डोटीमा गाउँपालिका स्तरीय प्रिमियम लिग पुरुष क्रिकेट प्रतियोगिता हुने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । बोगटान फुड्सिल गाउँपालिका मा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । बोगटान फुडसिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा अन्य ६ वडाको प्रायोजन र बोगटान युवा सञ्जालको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

जिल्ला वन डोटी

हिन्दु नेपाली हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा यहीँ असोज २० गते देखि प्रतियोगिता सञ्चालन हुन लागेको युवा सञ्जालका महासचिव समीर केशीले जानकारी दिएका छन । बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ६ . गगुडामा सञ्चालन हुने क्रिकेट प्रतियोगिताको लागि असोज १८ र १९ गते टिम दर्ता गर्न सकिने भएको छ । टिम दर्ता गर्दा शुल्क ३ हजार ५सय रहेको आयोजकले बताएका छन ।

पोषण खाजा सम्बन्धि सन्देश

आइसिसीको नियम भित्र रहेर आयोजना हुन लागेको प्रतियोगिताको बिजेताले नगत रु ५० हजार पाउने छ । त्यस्तै दृतियले नगत रु ३० हजार उत्कृष्ट खेलाडीले रु ३ हजार पाँचसय , उत्कृष्ट ब्याटसम्यानले रु २ हजार र उत्कृष्ट बलरले रु २ हजार पाउने छन । टिम दर्ता फोन बाटपनी गर्न सकिने आयोजकले जनाएका छन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.