डिभिजन सडक जनचेतनामूलक सन्देश

डोटीमा गाउँपालिका स्तरीय प्रिमियम लिग पुरुष क्रिकेट प्रतियोगिता हुने

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

डोटी । बोगटान फुड्सिल गाउँपालिका मा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । बोगटान फुडसिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा अन्य ६ वडाको प्रायोजन र बोगटान युवा सञ्जालको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

हिन्दु नेपाली हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा यहीँ असोज २० गते देखि प्रतियोगिता सञ्चालन हुन लागेको युवा सञ्जालका महासचिव समीर केशीले जानकारी दिएका छन । बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ६ . गगुडामा सञ्चालन हुने क्रिकेट प्रतियोगिताको लागि असोज १८ र १९ गते टिम दर्ता गर्न सकिने भएको छ । टिम दर्ता गर्दा शुल्क ३ हजार ५सय रहेको आयोजकले बताएका छन ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

आइसिसीको नियम भित्र रहेर आयोजना हुन लागेको प्रतियोगिताको बिजेताले नगत रु ५० हजार पाउने छ । त्यस्तै दृतियले नगत रु ३० हजार उत्कृष्ट खेलाडीले रु ३ हजार पाँचसय , उत्कृष्ट ब्याटसम्यानले रु २ हजार र उत्कृष्ट बलरले रु २ हजार पाउने छन । टिम दर्ता फोन बाटपनी गर्न सकिने आयोजकले जनाएका छन ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.