
डोटीमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ ओखलढुंगामा हरेक बर्ष झैँ यस बर्ष पनि कार्यक्रम हुने भएको हो।

कार्तिक १ गते कोजाग्रत पूर्णिमाको दिन दशै तिहार विशेष बृहत् सास्कृतिक कार्यक्रम संगै नाटक (सुन्तली) प्रदर्शन समेत हुने आयोजकले बताएको छ ।अम्मरघट्टी आधारभुत विधालयको प्राङ्गणमा सो सांस्कृतिक कार्यक्रम हुने छ ।

विधालयको जिर्ण भवन प्राकृति हिसाबले सुन्दर ठाउँ भए पनि बिकास निर्माणले भने अझै सम्म पनि गति लिन नसकेको र यो ठाउँको पीडा नाटक मार्फत प्रस्तुत गर्न खोजिएको समाजसेबि तथा स्थानीय सिद्धराज बिष्टले बताउनु भयो ।



