धिक्कार छ …..

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

      ✍️ कलसी रोकाया ,डोटी

लाजका गहना सजाएर राख्नु पर्ने  नारी ,
अस्मिता संग सगै मोल मोलाई गर्न थाले पाँच सय हजारमा।
आफू गरि खान नसक्ने भए पछी नारी, खोज्न थाले धनी मानी बुढै होस या बिग्रेकै भए पनि पुरुष बजारमा।।

पहिले रंग रलिया बनाउँछिन होटेल र डेरा,
अनि अैयास  मेटाउने बन्द कोठा अनि स्थानमा।
सके कुम्ल्याउँछिन,निचोड्छिन ,लुट्छिन,
नसके फसाउँछिन पुरुषलाई  लगाई मुद्दा बलत्कारमा।।

लाज  पनि  लाग्दैन होला र? मानवता पनि खै?
काका र हजुरबा भन्ने जस्ताका पछाडी र काखमा।
मस्तिकै लागी छि! घिन लाग्दा अनुहार तिनका,
अझै अन्य को लागि भईराका  देखे तिनै लम्पसारमा।।

ती कुनारीको मन नभरिन्जेल ,अनि मन नमरुन्जेल,  ढुक्क हुन्छ पुरुष अनि  सामान्य हुन्छ माहोल पनि ।
जब सम्म  ती  नारीको प्यास मेटिन्छ र बिकल्प भेटिन्छ,
अनि बलत्कारी हुन्छ पुरुष र कैद गराउँछिन  कारागारमा ।।

बिहे गर्छु,माया गर्छु भनी अस्मिता र भावनाको, बिस्वास घातले हत्या गर्नेलाई सक्काईदेउ जिन्दगी र धर्तिबाटै।
नफस है माया मोह को  सुत्रले जाली र फटाहा को,
तिनै निर्दयी  पीपासु  हरुको जालमा  र अन्धकारमा ।।

(लेखिका  एक सक्षम र सबल नारी हुनुहुन्छ। उहाँले अन्याय,अत्याचार र विभिन्न सामाजिक विभेद,कुरुतिका विरुद्ध बुलन्द आवाज उठाउदै आउनु भएको छ ।)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.