
डडेल्धुरा – डडेल्धुरामा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। आलिताल गाउँपालिका–१, दुनिका ५० वर्षीय लक्ष्मण जोशीको सोमबार राति भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

जोशी लामो समयदेखि व्यावसायिक रूपमा वाख्रापालन गर्दै आएका थिए। कात्तिक १२ गते वाख्रा चराउने क्रममा अरिंगालले टोक्दा गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि नवजीवन अस्पताल धनगढीमा भर्ना गरिएको थियो।
धनगढीमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको थियो, तर लखनउ लैजाने क्रममा बाटोमै उनको निधन भयो।


