
डडेल्धुरा, भदौ १२ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडस्थित भित्री कच्ची सडकमा आज बिहान करिब ९ बजे उग्रतारा यातायातको बोलेरो दुर्घटना हुँदा त्यही वडाका ४ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ठाँटाबजारबाट डडेल्धुरा आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको बोलेरो जीप सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, अन्दाजी ४० वर्षीय तारा अवस्ती र अन्दाजी ७२ वर्षीया कलावती साउद रहेका छन्।
त्यसैगरी,घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशिला बिक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र ४४ वर्षीय प्रकाश बिक रहेका छन ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


