पहिरोको उच्च जोखिममा रुमायल गाउँ

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

डोटी :डोटीको   दक्षिण भेगमा रहेको बडीकेदार गाउँपालिका–१ रुमायल गाउँका १३ घर परिवार पहिरोको उच्च जोखिमा परेका छन ।
गाउँपालिकाको वडा नम्बर –१मा रहेको रुमायल गाउँमा बस्दै आएका १३ घरधुरीमध्ये केहि परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका छन भने केही भने गाउमै  बसीरहेका छन ।

गाउँमाथि रहेको सहजपुर बोगटान सडक निर्माण भए सगै गत बर्षको अबिरल बर्षाले  चिराबिरा परेर सडक भासिए पछि  बस्तीनै जोखिममा परेको स्थानिय  नर बहादुुर बुढामगरले बताउनु भयो ।

उहाँले  आफूहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको र फेरि त्यही ठाउँमा गएर बस्न सक्ने स्थिति नभएकोले स्थानिय सरकार सघ स्थायी आवासको व्यवस्था मिलाइदिन उहाले  आग्रह गर्नु भएको छ ।घर बनाउँदा आफूहरुले श्रमदान गर्ने तर लाग्ने लागत सरकारलाई उपलब्ध गराइदिन स्थानियले माग  गरेका छन

जिल्ला वन डोटी

आफुहरु अहिले छिमेकीका घरमा बस्दै आएको छौ ।  सकेसम्म छिटो स्थायी ठेगाना मा बसोबासका लागी व्यबस्था मिलाइदिन स्थानिय सरकार सघ सोही ठाउँका स्थानीयवासी  मान बहादुर तारामीले  बताउनु भयो ।

गाउँ माथिबाट कालोपत्र गरिएको सहजपुर बिपिनगर बोगटान  सडक भासिएको छ । पुरै सडकको नालीको पानी सडकमा आउछ जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने जोखिममा रहेको  बडीकेदार गाउँपालिका  वडा नम्बर–१ का  स्थानिय उत्तम सिम्सेलीले बताउनु भयो ।

गाउँपालिकाको ५ वटै वडाका धेरै जस्तो बस्ती पहिरो उच्च जोखिममा देखिन्छ्न तर पनि सम्बन्धि सरोकारवालाले ध्यान दिएको देखिदैन ।

बहुप्रतिक्षित सहजपुर बिपिनगर बोगटान सडक गाउँकै माथी बाट गएको छ । तर सडक मुनि रहेको बस्ती सडक भाँसिदा पहिरोको उच्च जोखिममा परेको छ त्यस कारण यस तर्फ  सम्बन्धि सरोकारवालाले  समयमै ध्यान दिन जरुरी देखिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.