सेती नदी किनारमा ‘मनसुन अभ्यास–६’ सम्पन्न, बाढीजन्य विपद् उद्धार तथा राहतको प्रदर्शन

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी — दिपायल सिलगढी नगरपालिका वडा नं. ३ दिपायल पिपल्लास्थित सेती नदी किनारमा बाढीजन्य विपद् उद्धार तथा राहत सम्बन्धी “मनसुन अभ्यास–६” को डेमोन्स्ट्रेशन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल को संयुक्त सहभागिता रहेको थियो। कार्यक्रममा बाढी तथा मनसुनजन्य विपद्का समयमा गरिने खोज, उद्धार, राहत तथा सुरक्षात्मक कार्यहरूको व्यावहारिक प्रदर्शन गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी नेपाली सेनाको श्री भैरव प्रसाद गण का गणपति प्र.से. कमलसिंह बिष्ट, सेनानी राजेन्द्र खनाल, सेनानी दिपक भट्ट, सशस्त्र प्रहरी बल नेपाल नं. ३६ का प्रमुख शिव प्रसाद गैरे, वडा नं. ५ का वडा अध्यक्ष गणेश भण्डारी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रतिनिधि प्र.नी. सुवर्ण चन्द, उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष बिक्रम साउद, पत्रकार सुवास नेपाली तथा तेजु वली लगायत विभिन्न संघसंस्था तथा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त सर्कुलेसन टोलीद्वारा बाढीका बेला गरिने उद्धार, घाइतेको सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा समन्वयात्मक कार्यको प्रदर्शन गरिएको थियो।

मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समन्वयात्मक उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.