रोल्पामा झोलुङ्गे पुल निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर चारको मृत्यु

पुन्ना तालिम केन्द्र

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा चार जनाको ज्यान गएको छ।

आज बिहान ९ः५० बजे पर्खाल निर्माणको काम गरिरहेका मजदुरहरूमाथि माटोको ढिस्को खस्दा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, र २७ वर्षीया आईती परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिल्ला वन डोटी

घटनाका क्रममा पाँच जना पुरिएका थिए। दुई जना भाग्न सफल भए पनि चार जनाको ज्यान गइसकेको छ। माटोले पुरिएका भनिएका अर्का एक जनाको खोजी कार्य जारी रहेको छ।

घटनाको जानकारी बिहान १०ः२० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा सात सदस्यीय टोली र प्रहरी चौकी गामबाट सहायक निरीक्षक प्रकाश विष्टको नेतृत्वमा पाँच जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो। उद्धार टोलीले चार शवलाई बाहिर निकालेको छ।

मौलाबाङ र बाहिरी गामलाई जोड्न निर्माण भइरहेको झोलुङ्गे पुलको जिम्मा एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले लिएको थियो। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.