नेपाली कांग्रेस बडीकेदारको वडा नम्बर ४ स्तरीय भेला सम्पन्न

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

 

नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरेको १०० दिने विशेष अभियानअन्तर्गत बडीकेदार गाउँपालिका वडा नम्बर ४ स्तरीय भेला आज सफलतापूर्वक सम्पन्न भएको छ।

भेला वडा इकाई सभापति ईश्वर सिंह मौनीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बडीकेदार गाउँपालिका सभापति करुणाकर जोशी रहेका थिए। भेलामा स्थानीय सरकारका गतिविधि र पार्टीले गरेका क्रियाकलापहरूको समिक्षा गरिएको थियो। साथै, आगामी दिनमा पार्टीका गतिविधिहरूलाई तीव्रता दिने योजनाबारे छलफल गरिएको इकाई सभापति मौनीले जानकारी दिएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा सहभागी स्थानीय पार्टी कार्यकर्ताहरूले अभियानलाई अझ प्रभावकारी बनाउन सुझाव राखेका थिए। वडास्तरीय भेलाको सफलतापछि अन्य वडाहरूमा पनि कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको छ।

नेपाली कांग्रेस बडीकेदार गाउँपालिका सभापति जोशीले मंसिर १९ गते पालिका स्तरको भेला आयोजना हुने जानकारी दिए। उनका अनुसार विशेष अभियानले पार्टी संगठनलाई बलियो बनाउन र स्थानीय समस्याहरू समाधानमा प्रभावकारी भूमिका खेल्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

भेलाले पार्टीभित्र एकता र सहकार्यलाई थप बलियो बनाउँदै स्थानीय विकासका कार्यहरूमा समेत ध्यान दिनुपर्ने विषयमा जोड दिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.