नेप्से परिसूचक १७.८० अङ्कले वृद्धि

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७.८० अङ्कले वृद्धि भई २,७७५.८५ अङ्कमा पुगेको छ। नेप्सेका अनुसार, आज ३०७ कम्पनीका १ करोड ८१ लाख ६० हजार ३४ कित्ता शेयरहरू रु ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९.६७ मा कारोबार भएका छन्।

उपसमूहतर्फ, ट्रेडिङ उपसमूहमा ५.९६ प्रतिशतले वृद्धि भएको छ। फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, र म्यूचुअल फण्ड उपसमूहमा समेत हरियाली देखिएको छ भने अन्य उपसमूहमा गिरावट रहेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

दुई कम्पनी, दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी, र सुपर मादी जलविद्युत् कम्पनीका शेयर मूल्यहरू समान रूपमा ९.९९ प्रतिशतले बढेका छन्।

यसैगरी, अपर स्याङ्गे जलविद्युत् लिमिटेडको शेयर मूल्य ९.५१ प्रतिशतले वृद्धि भएको छ। जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ६.१८ प्रतिशतले बढेको छ। तर, गुँरास लघुवित्त, युनिक नेपाल लघुवित्त, र समाज लघुवित्तका शेयर मूल्य क्रमशः ३.४६ प्रतिशत, ३.४६ प्रतिशत, र ३.४४ प्रतिशतले घटेका छन्।

नेप्सेमा देखिएको यो उतार-चढावले बजारमा लगानीकर्ताहरूको चासो थप बढाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.